Saturday, December 2, 2017

अम्बु रातो सारीमा

कती राम्री देखिएकी अम्बु रातो सारीमा
फुलेछ रातै मुस्कान ओठको फुलबारीमा ।

सानो वदन अनि ठुलो मनको धनी तिमी
कस्ती हुन्छौ होली तिमी वेहुली सृङ्गारीमा ।

जुनै पो हो कि मुहार शितलताको प्रतिक
लाग्छ केहि क्षण बसौ त्यसकै छहारीमा ।

थाहा भएन मलाई, के मोह लाग्यो खै ?
तिमी नै तिमी मात्र देख्छु म वारीपारीमा ।

तिमी अम्बे तिमी देवी लक्ष्मी र पार्वती
सायद अवतार नै हौ कि तिमी नारीमा ।

समर्पण -
रचना - ज्योति अनिश्चित ।



No comments:

Post a Comment