Sunday, December 24, 2017

अवश्य छ ।

छ मनभित्र केहि खास त अवश्य छ ।
मुहार चम्काउने प्रकाश त अवश्य छ ।

कहिले यती हलुङ्गो भइदिन्छ कि मन
लाग्छ भित्र मुलायम कपास त अवश्य छ ।

कसैलाई देख्दा लाग्छ मुटु विनाको झैँ
अलिकती भए नि सन्त्रास त अवश्य छ ।

थोरै पाए बढि खोज्छ,बढि पाए सारा
शुन्यता भित्र पनि आश त अवश्य छ ।

प्रेमिल मनहरुको कुरा सुनेर सोच्दैछु
मनभित्र पनि वतास त अवश्य छ ।

यो मन र मस्तिस्कले चलेको पुर्जा हो
जीवन पनि छ लास त अवश्य छ ।


ज्योति अनिश्चित । 

No comments:

Post a Comment