Thursday, December 14, 2017

मन प्रफुल्लित भएछ ।

विस्तारै यो मन तिमीतिर आकर्षित भएछ ।
जसरी हृदयभरि तिम्रो खातिर प्रीत भएछ ।

यावत तथ्य र प्रमाणहरु जुटाइदिन सक्छु
भन्नसक्छु प्रेमको आकुरण तिमीसित भएछ ।

ट्युलिप जस्तै हाँसीराख्ने उद्यानमा फुलेकी
टपक्क टिपुँलाग्ने सानी मन प्रफुल्लित भएछ ।

राम्री लाग्छ र पो प्रेम भयो तिमिसँग विजया
इच्छा मेरो तिमीसँगै जिउनेमर्ने निहित भएछ ।

No comments:

Post a Comment