Saturday, December 9, 2017

पाइयोस् सानु ।

हेरेर तिमीलाई समिपमा छुन पाइयोस् सानु ।
तिमी रोएको पल तिमिसँगै रुन पाइयोस् सानु ।

जिन्दगिको कुनै मोडमा मन दियेँ भने मेरो,
म मुटु अनि तिमी धड्कन हुन पाइयोस् सानु ।

लाग्छ तिमी आफै हौ पर्यायवाची सालिनताको
मागे यदि वर रश्मी भने जुन पाइयोस् सानु ।

तिमिसङ प्रेम भयो आत्मिय लाग्यौ  र पो
तिम्रो सिउँदो सजाउने गुन पाइयोस् सानु ।

थाहा छैन हाम्रो मिलन सम्भव होला नहोला
साथै नभए फेरि जन्म पुन: पाइयोस् सानु ।

गर्दै भन्दै गारो हुन्छ, तिक्तता आउन सक्छ
प्रस्ट्याएर मनको मैलो धुन पाइयोस् सानु ।

समर्पण
रचना ज्योति अनिश्चित ।



No comments:

Post a Comment