Sunday, December 31, 2017

पहिलो तिमी हैनौ

पहिलो तिमी हैनौ अन्तिम प्रीतमा तिमी हुन्छौ ।
तिमी अघी म पछी लगन रीतमा तिमी हुन्छौ ।

म हारमा पनि रमाउँला सानु यदी मैले हार्दा
मिल्छ भने तिम्रो खुशी अनि जीतमा तिमी हुन्छौ ।

अब लाग्छ आँखा बन्द गरी तिम्रो भर पर्न सक्छु
तिमी मेरो आत्मा हौ मेरो हितमा तिमी हुन्छौ ।

जानी नजानी दुइ चार शब्द कोरेँ भने विजया
प्रत्यक हरफ पङ्ती गजल गीतमा तिमी हुन्छौ ।

No comments:

Post a Comment