Wednesday, September 6, 2017

आफ्नोपन थिएन ।

आँखा मसँग थियो नयन थिएन
मुटु मसँग थियो धड्कन थिएन

स्वंय अधुरो थिएँ यता किन कि
तन मसँग थियो तर मन थिएन

छन् धेरै आफ्ना भनाउँदाहरु सबै
आफन्तहरु थिए आफ्नोपन थिएन

मैले पनि माया लगाइरथेँ एकफेर
तर त्योबेला यस्तो तड्पन थिएन

आफैले तोडिदिए त्यो व्यर्थ नाता
जहाँ छल थियो सत्यवचन थिएन

तिमीसँग प्रेम भएदेखी खुशी छु
यद्यपि हामीबिच आवागमन थिएन

एकतर्फी नै सही स्वंय अडिग छु
मानौ तिम्रो आस्था विचलन थिएन

सबै स्विकार्य मलाई तर तिम्रो
मौनाता भन्दा अर्को कफन थिएन

यही एउटा कुरा गड्छ मुटुमा सँधै
नभए मुटुमा अरुकेही जलन थिएन

ज्योति अनिश्चित




No comments:

Post a Comment