Saturday, September 16, 2017

कहिलेकाँही ।

प्यारो यो जिन्दगीदेखी हार्छु कहिलेकाँही ।
स्वप्न गगनमा मृत्यु स्विकार्छु कहिलेकाँही ।

अतितले नमिठोसँग झस्काइदिन्छ मलाई
त्यसैले त उनका याद बार्छु कहिलेकाँही ।

ए मन उनको याद बोकेर किन सताउँछस्
अनि त आफ्नै मन पनि मार्छु कहिलेकाँही ।

म रोए होला हिजो रुनुको कारण अर्कै थियो
तर आज अनायसै आशु झार्छु कहिलेकाँही । 

No comments:

Post a Comment