Wednesday, November 22, 2017

नमग्मगाए हुन्थ्यो ।

यो मनलाई यति चन्चल नबनाए हुन्थ्यो ।
विधाताले तिमीसँग भेट नगराए हुन्थ्यो ।

लाग्छ विछोडका गीत सबै मेरा हुन्
कसैले नि विरहका गीत नगाए हुन्थ्यो ।

हामी खोलीको दुइ किनार भइसक्यौं
सपनीमै सहि मेरो हात नसमाए हुन्थ्यो ।

तिमी जुन रहरले यहाँ फुलेकी छौ
विन्ती मेरो वरिपरी नमग्मगाए हुन्थ्यो ।

आजकल तिमीलाई देख्न तिमी चाहिन्न
जुन फेरि आकाशमा नउदाए हुन्थ्यो ।

यो मन किन कठोर नभएको होला ?
तिमी छँदा पनि माया नलाए हुन्थ्यो ।

तिम्रो यादको खुत्रुके फोड्न चाहन्छु
वारम्वार तिम्रो याद नआए हुन्थ्यो ।

ज्योति अनिश्चित ।





No comments:

Post a Comment