Tuesday, November 21, 2017

हितैषी भइराख्नु ल!

तिम्रो तस्विरबाट नजर हटाउनै सकिन ।
घटाउँछु भन्थे माया घटाउनै सकिन ।

म सारा ब्यथा बोकेर हिड्न सकुँला
तर तिम्रो ब्यथा भने अटाउनै सकिन ।

तिमी सदा मेरो हितैषी भइराख्नु ल!
तिम्रो साथबिना समय कटाउनै सकिन ।

मेरो प्रेमवाचा हैन यो,साथीत्व स्विकार्नु
शब्द सिमित थियो अरु जुटाउनै सकिन ।

No comments:

Post a Comment