Monday, November 20, 2017

जुन र उनी

उदाएर जुन पनि मेरो कोठामा चिहाउँछ ।
सुन्सान यो रातमा उनकै सम्झना आउँछ ।

जुनलाई हेर्दै म मेरी मायालुको सम्झनामा
कोर्छु खाली पाना काफिया आफै जुराउँछ ।

जुनतिरै फर्किएर कल्पनाको सिउँदो काटी
भरिदिन्छु लालीकिरण के विधी सुहाउँछ ।

उनी रिसाउँदको बखत लाग्छ जुन बेला
झ्याउँकिरीले पनि विरही गीत सुनाउँछ ।

जुन र उनमा म केहि खोट देख्दिन
जसरी रश्मिले जुनको दाग लुकाउँछ ।

उनमा पनि केहि खास त अवश्य छ
मानौ जुनकै टुक्रा धरतीमा जग्मगाउँछ ।

समर्पण
ज्योति अनिश्चित ।



No comments:

Post a Comment