Tuesday, August 1, 2017

हटाइदिन्छ यो मन ।

नसम्झिउँ भन्दा पनि सम्झाइदिन्छ यो मन ।
हुन्न माया भन्दा पनि लगाइदिन्छ यो मन ।

तिम्रो याद भुलाउनलाई म व्यस्त भएपनि
तिम्रै तस्विर आँखाअघि ल्याइदिन्छ यो मन ।

तिम्रो करुणा, निस्चलता अनि सरलताको
नयन सागरमा फेरि डुबाइदिन्छ यो मन ।

यदि मागेर पाउने भए म एउटा खुशी
तिमी छोडी अरुसारा हटाइदिन्छ यो मन ।

सोध्छौ भने तिमी पनि तिम्रो खुशी भनि
साच्चै तिमी हौ भनि बताइदिन्छ यो मन ।

तिम्रो साथ जुनीभर पाउँला नपाउँला म
तिम्रै याद लिई जुनी कटाइदिन्छ यो मन ।
  

No comments:

Post a Comment