Sunday, August 13, 2017

टाढा हुन्नौ पुनम ।

मनमा माया भरेर टाढा हुन्नौ पुनम ।
बसाइ अन्तै सरेर टाढा हुन्नौ पुनम ।

मैले रोजेको तिमी ,मेरो खुशी तिमी
मसँग कुरै नगरेर टाढा हुन्नौ पुनम ।

तिम्रो निम्ती बरु मुटु रित्याइदिन्थे
स्वयं आफु मरेर टाढा हुन्नौ पुनम ।

प्रेम एउटा बृक्ष हो पलाउँछ नि यदि
प्रेमबिज भए छरेर टाढा हुन्नौ पुनम ।

तिमी सात समुन्द्र पारी छौ भनेपनि
आउ जंघार तरेर टाढा हुन्नौ पुनम ।

ज्योति अनिश्चित ।

No comments:

Post a Comment