Monday, July 24, 2017

मागी मसी रगतसँग ।

चाहाना थ्यो मेरो जिउने तिम्रो लतसँग ।
राखी तिमीलाई मुटुभित्र हिफाजतसँग ।

करुणा र भरोशाको प्रतिमुर्ती तिमी
तिम्रो खातिर पाउने मैले अभिमतसँग ।

तिमीलाई चाहानु मैले मेरो भुल भयो
रत्ति फिक्री छैन मेरो चाह फगतसँग ।

यदी लेखेर नमेटिने भए तिम्रो नाम
लेखिदिन्थे मुटुभित्र मागी मसी रगतसँग ।

मेरो चाहाना तिमी हौ भावना तिमी हौ
मायाको तुलना नहोस् मेरो जरुरतसँग ।

हरबखत तिम्रो यादले सताउने गर्छ
सोधीहेर मेरो कलम डायरी यावतसँग ।

सायद देखिने भए भित्र कोरिएको नाम
परिचित हुन्थ्यौ आफ्नै नामको खतसँग ।

तिमीलाई भुल्ने एउटै आधार खोजेपनि
पाइन सोधिहेरें मैले प्रत्यक बखतसँग ।

ज्योति अनिस्चित ।
समर्पण





No comments:

Post a Comment