Friday, July 28, 2017

जहिल्यै हुन्थ्यो ।

घरमा प्यार र झगडा त जहिल्यै हुन्थ्यो ।
अनि सानुतिनो लफडा त जहिल्यै हुन्थ्यो ।

सानै भएपनि बाको न्यायलयमा, फैसला
उतैतिर भन्ने आकडा त जहिल्यै हुन्थ्यो ।

यसलाई म के भनुँ जुट हो कि फुट भनि ?
तिमीहरु अकडा म कडा त जहिल्यै हुन्थ्यो ।

नामै जोडी जिस्काउन पनि बाँकी राखिएन
तँ फलानो म खतिवडा त जहिल्यै हुन्थ्यो ।

विरानु यो शहरमा आज नितान्त एक्लो म
साथमा हुँदा हडबडा त जहिल्यै हुन्थ्यो ।

निशा, कृस्टी र कुसुम मा समर्पित ।
ज्योति अनिश्चित ।
रक्षा बन्धनको शुभकामना ।  

No comments:

Post a Comment