Monday, July 17, 2017

ॐ नम: शिवाय भो ।

चाँदनीमा दाग भए पनि सुन्दरताको पर्याय भो
आँफै बिरुद्दको फैसला यो कस्तो निर्णय भो ?

तिमीलाई सिंगो संसार ठान्थे, मेरो वास्तै भएन
मैले प्रतिउत्तर नपाउँदा मौनता नै सजाय भो ।

तिम्रो केवल बोलीमा अडेको थ्यो भरोशा मेरो
नबोली हिड्यौ र त पिडाहरुको महाकाय भो ।

बहिरी चोट थिएन तर भित्री रक्तश्राव रोकिएन
मुटु फुट्यो आँशुभेल बग्यो पिडा असहाय भो ।

मानौ इशको खेलामा तिमीलाई बुझिनछु मैले
जे भो ठिकै भो ज्योति, ॐ नम: शिवाय भो ।

ज्योति अनिश्चित
२०७४-०४-०२

No comments:

Post a Comment