Friday, July 21, 2017

मौनता

तिमी मौन रह्यौ ।
फगत प्रस्ताव राखिरहे ।
त तिम्रो मौनताको के अर्थ
स्विकार्योक्ती भन्दा अतिसयोक्ती नहोला कि ?
हैन
अस्विकार पनि त हुन सक्छ ।
त्यसपछी
म पनि मौन रहे ।
फेरी भन मेरो मौनता को के अर्थ ?

मैले सुन्ने गरेको
बाउले छोरीको बिहेको कुरो गर्दा
छोरी मौन रहनु सहर्श स्विकार्नु हो रे ।
दुइ सहपाठी बिचको मौनता
कि दम्भ कि आक्रोश हो रे ।
मुर्खसँगको भलाकुसारीमा
सज्जनको मौनता फेरी औषधी रे ।
देशका लागी सपुतको मौनता
घातक हो रे ।

अहँ मैले बुझ्दै बुझिन ।
न तिम्रो मौनता स्विकारेर हो ?
न कि दम्भ र आक्रोशले हो ?
तिम्रो मौनता न मेरो लागी औषधी भयो ?
न घातक साबित नै ?
फेरि पनि म मौन नै बसे ।
सायद मौनता बुझ्न मौन नै बस्नु पर्छ ।
म मौन रहिरहे । 

No comments:

Post a Comment