Friday, June 30, 2017

धड्कन बिन्ती बताउनु है

एउटा प्रश्न सोध्छु धड्कन बिन्ती बताउनु है ।
नराम्रो सोच्दिन होला केही नलुकाउनु है ।

साँझपख मेरो पनि फुर्सद हुन्छ सदाजसो
नित्यकर्म सकेर एकैछिन अनलाईन आउनु है ।

मलाई मिठो झुट भन्दा तितोसत्य मनपर्छ्
त्यसैले सत्य भन्न कहिल्यै नहिच्किचाउनु है ।

म तिमीलाई प्रेम गर्छु  तिमी तिम्रो खुशी
तर पनि मिल्छ भने माया लगाउनु है ।

अपवादमा रमेको छु अपवादमै रम्न देउ
तिम्रो साथ पाए ठिकै छ नभए हटाउनु है ।

मेरो पनि मुटु हो धड्किदिन्छ तिम्रो लागि
तिम्रै खातिर धड्किने मुटुलाई नसताउनु है ।

सहिष्णुता भए पनि परिक्षा नलिनु कृपया
असह्य होला गह टिलपिल चित्त नदुखाउनु है । 

No comments:

Post a Comment