Wednesday, June 21, 2017

हेर्न मन लाग्यो ।

पुनम तिमी राम्री तिम्रो चरित्र हेर्न मन लाग्यो ।
कोही छ कि तिम्रो मनभित्र हेर्न मन लाग्यो ।

मैले जानेको पुनमलाई यसरी वर्णन गरौं कि ?
तिमी निस्चल अनि पवित्र हेर्न मन लाग्यो ।

मानिसको व्याक्तित्व उसको संगतमा भर पर्छ
किन किन तिम्रा इष्टमित्र हेर्न मन लाग्यो ।

तिमीसँग ख्यालठट्टामै गहिरो प्रेम बस्यो कि ?
छापिएको मुटुमा तिम्रै चित्र हेर्न मन लाग्यो ।

ज्योति अनिश्चित
रचना २०७४-०३-०७ 

No comments:

Post a Comment