Saturday, June 17, 2017

पिडा अधिक हुन्छ ।

आजकल जिवनमा पिडा अधिक हुन्छ ।
हाम्रो दुइ दिल बिनातार जडित हुन्छ ।

यो झुटो संसारमा झुटो नै सही मानिन्छ
हुबहु साभार पनि आफ्नै मौलिक हुन्छ ।

लाग्छ यी चक्षुले सही गलत छुट्ट्याउदैन
जस्लाई गलत बुज्छु ,ऊ सरिफ हुन्छ ।

म यस्तो खेलको खेलाडी भएछु याँहा
न समयसिमा हुन्छ न हारजित हुन्छ ।

भावनामा बहकिएर गजल लेख्न खोज्छु
न भाव हुन्छ न काफिया-रदिफ हुन्छ ।

२०७४-०३-०३
ज्योति अनिश्चित । 

No comments:

Post a Comment