Tuesday, June 13, 2017

पुजाकै लागि भनेर

पुजाकै लागि भनेर बोकेकी छौ थाली हातमा ।
नझुकाउ शिर लाजले खाली सिउँदो माथमा ।

मनमन्दिरको दहिलो उघारी हेर त थाहा हुनेछ
दावा गरी भन्न सक्छु उ हुनेछ हरघडी साथमा ।

हालत मेरो नाजुक भयो एकतर्फी माया लाएर
लगाइदेउ न माया सानु यो सुनौलो प्रभातमा ।

ज्योति अनिश्चित
२०७४-०२-२६
झापा । 

No comments:

Post a Comment