Wednesday, June 21, 2017

तकदिरको कुरा भएन ।

खुसीसाथ नबोल्ने प्रण भो पीरको कुरा भएन ।
जबरजस्ती यो गर भनेँ तकदिरको कुरा भएन ।

मैले भरोशा दिलाएँ आफ्नो आत्मा हो ईश्वर
नपुज्नु भौतिक कुनै ढुङ्गा मन्दिरको कुरा भएन ।

तिमी कतै घुम्दै जाँदा भेट्टाएथ्यौ ज्योतिलाई
नसम्झिनु अब कहिल्यै मुसाफिरको कुरा भएन ।

जुन काममा आफ्नो बौदिकता झल्किदैन नि
लाग्छ त्यो प्रदर्शनी जहाँ शरिरको कुरा भएन ।

जुन सल्लाहको वास्तै हुँदैन आफुखुशी गर्छन भने
म रहुँ वा नरहुँ तिम्रो साथ ,हाजिरको कुरा भएन ।

समर्पण-
रचना- ज्योति अनिश्चित । 

No comments:

Post a Comment