Wednesday, June 14, 2017

तनावै तनाव छ ।

भात्ता तलव नभएर होला, तनावै तनाव छ ।
दौलत वैभव नभएर होला, तनावै तनाव छ ।

दिनभरिको थकाइ धुलो र धुँवा काठमाडौंमा
नविन उत्सव नभएर होला, तनावै तनाव छ ।

किताबको अक्षरसँग कहिल्यै मित्रता गाँसिएन
सायद सम्भव नभएर होला, तनावै तनाव छ ।

यो उमेरसम्म यस्तै भो, कुन चराको नाम हो ?
लभ सब नभएर होला, तनावै तनाव छ ।

ज्योति_अनिस्चित 

No comments:

Post a Comment