Friday, June 23, 2017

मेरो घर सखाप भयो ।

न उनको घरमा न मेरो घरमा करकाप भयो ।
भयो त उनको र मेरो प्रेमिल वार्तालाप भयो ।

मदहोशी भएँ होला तर दोषी कहिल्यै भइन
त्यस्तो दृढ बिस्वास भरोशा अनि छाप भयो ।

मैले प्रेम गरेर पनि साँचो माया पाउन सकिन
सायद मेरो जिवनमा तिम्रो माया अफाप भयो ।

त्यता दुलही बन्दै गर्दा यता मनमा राँको बल्यो
तिम्रो घर बनिदै गर्दा मेरो घर सखाप भयो ।

ज्योति अनिश्चित ।
२०७४-०३-०९

No comments:

Post a Comment