Tuesday, June 13, 2017

मेरै थियो ।

अरुको भन्दा पृथक चाह मेरै थियो ।
आरोह अवरोहमा सल्लाह मेरै थियो ।

तिमी जुन कारणले छट्पटिन्छौ हेर
पिडा तिमीलाई होला औडाह मेरै थियो ।

म आकाशको विशालता नापुँला तर
नाप्न सकिन्न माया अथाह मेरै थियो ।

तिम्रो मुटुमा भएको रक्तसंचारहरुमा
धड्कन तिम्रै होला प्रवाह मेरै थियो ।

ज्योति अनिश्चित
२०७४-०२-२६
झापा । 

No comments:

Post a Comment