Monday, May 20, 2019

ज्योति मधुरो थियो ।

निभ्न लागेको थियो टुकी ज्योति मधुरो थियो ।
मुटुभित्र प्रेमको पाण्डुलिपी कथा अधुरो थियो ।

यो स्वार्थी छलछामको दुनियाँमा विकल्प नराखेर
निस्वार्थ प्रेम गर्‍यो सायद विचरो ववुरो थियो ।

खै किन हो एक्कासी आश्थाको धरहरा ढल्यो ?
न भूकम्प, न सुनामि, कारण अपुरो थियो ।

विश्वास र भरोषाको भग्नावषेशमा हेर्दा पनि
बुज्नै सकिएन त्यो रहस्य के चुरो कुरो थियो ?

ज्योति अनिश्चित
२०७६-०२-०६

No comments:

Post a Comment