Monday, March 25, 2019

पिडाबोध भएको छ ।

पहरासँग टाउको ठोक्काउने होड भएको छ ।
मेरो छवि विगार्न कोसिस बेजोड भएको छ ।

लाग्छ ठुलो दुर्घटनामा परे हिजो अस्तिका दिन
मृत्युशैयामा छु दायाँ हातको विछोड भएको छ ।

खरानी पेलेपछी निस्किएको तेल नसानसामा छ
अब भन्नुहोस मलाई कति पिडाबोध भएको छ ।

ए लाल्छना, सकस, तनाव र सन्नटा कता छन ?
आओ दगुराओ यो शरीरमा जो रोड भएको छ ।

धेरैको गुनासो मेटियो होला आजको मेरो स्थितिले
नसोध किन भनि जिवन यो तीखो मोड भएको छ ।

२०७५-१२-११
१२:३० AM

No comments:

Post a Comment