Tuesday, February 11, 2014

सोचेजस्तो हुने भए
भाग्य आँफै चलाउँथे कि?
पिरहरु गाँठो पारी
आफ्नै हातले जलाउँथे कि?

माटो छुँदा नुन भए
नुन छुँदा सुन भैदिए
ढुङ्गामाटो एकैसाथ
साह्रालाई गलाउँथे कि?

यही मुटुमा चोट हुन्छ
मुटु दुख्छ ,आँखा रुन्छ
दुख्ने मुटु फालेर
अर्कै मुटु फलाउँथे कि?

यि सामन्त र सामन्तीका
गगनचुम्बी महलहरु
छानीछानी पालैपालो
सबैलाई ढलाउँथे कि?

टुप्पोमा पलाएको
राम्रो हुन्न भन्छन सब
सोचेजस्तो हुनेभए
फेदीबाटै पलाउँथे कि?

No comments:

Post a Comment