Monday, March 6, 2017



तिमीसँग नबोल्ने अठोट भएपनि शुभकामना ।
बोल्न-भेट्न रोकावट भएपनि शुभकामना ।

सायद म नै गलत थिएँ होला तिमी नभएनी
सबै सँधै मेरै दोष भएपनि शुभकामना ।

लक्ष्यहिन गोरेटोमा तिमीलाई भेट्टाएँथे
तिनै पाइला अब बोझ भएपनि शुभकामना ।

मदहोशी थिएँ तिमीबिना वेहोशी नै रहेँ
मदहोश वा वेहोश भएपनि शुभकामना ।

जिन्दगीमा कति कुरा सहनुनै जाती हुन्छ
तिम्रा हजारौं आरोप भएपनि शुभकामना ।

2073. 11. 20

No comments:

Post a Comment