Monday, March 6, 2017



अब बाँकी मेरो जीवन सँगै हुने मन भो प्रिया ।
मनको नाता मनैसँग मनलाई छुने मन भो प्रिया ।

टाढा ताक्छु समिप गुम्छ,चाह छैन ठुलो मेरो
तिमी सँग साथै हाँस्ने सँगै रुने मन भो प्रिया ।

भुइँमै छु म, लक्ष्य हाम्रो धेरै टाढा भए पनि
शिखरथुम्की तिमीसँग सँगै चुम्ने मन भो प्रिया ।

बाटो हिड्दा मैलिएला जीवनपाना तिम्रो मेरो
मैलिएका पाटाहरु साथै धुने मन भो प्रिया ।

ज्योति खतिवडा अनिश्चित
२०७३ फाल्गुण ०६

No comments:

Post a Comment