Saturday, March 11, 2017

ढुङ्गो पगाल्न गाल्नै पर्छ आमा ।
रिसराग द्वेष फाल्नै पर्छ आमा ।

दुश्मनभन्दा अघि हुनु छ भने
कैले कटुकदम चाल्नै पर्छ आमा ।

तिमीले रोपेको यदि बिषबृक्ष भए
जरैबाट त्यसलाई ढाल्नै पर्छ आमा ।

बाबाको मलिन मुहार देखेर सोचेँ
अन्यायविरुद्द मुद्धा हाल्नै पर्छ आमा ।

उदाङ्ग सबै कुरा पार्नु पनि हुन्न
कतिकुरा नचाही टाल्नै पर्छ आमा ।

धिपधिपे दिपको उज्यालोलाई हेर्न
अन्धकारसम्म दिप बाल्नै पर्छ आमा ।

Jyoti Anischit
3-11-2017

No comments:

Post a Comment