Friday, December 7, 2018

कसरी काटेँ ?

थाहा छैन मैले त्यो रात कसरी काटेँ ?
तिमी प्रतिको चाहात कसरी काटेँ ?

म कहाँ बस्न सक्थे तिमीबाट  टाढा
नटाल्न सक्ने तिम्रो बात कसरी काटेँ ?

मेरै थ्यो हत्केला , भाग्य मेरो नभएनि
आँफैलाई दुखाएर हात कसरी काटेँ ?

मेरो नजर अगाडी नै छुरा रोपियो मुटुमा
किन फेरी सम्झिन्छु घात कसरी काटेँ ?

रक्सी गाँजा भाङ को नशा के नसा?
तिम्रो नशाको भन मात कसरी काटेँ ?

ज्योति अनिस्चित ।
मंसिर २१

No comments:

Post a Comment