Friday, December 7, 2018

मैले चिन्नै सकिन ।

काठ हो कि दाउरा मैले चिन्नै सकिन ।
छल थियो कि कुरा मैले चिन्नै सकिन ।

मैले कती ठेस पुर्याए हेक्का नभएर
रोपियो छातिमा छुरा मैले चिन्नै सकिन ।

कसैको मन दुखाइको हद नागेर होला
स्वयं बिचरो बाबुरा मैले चिन्नै सकिन ।

लग्थ्यो मेरो विश्वास कहिल्यै टुट्दैन भनि
भयो काँचका चुरा मैले चिन्नै सकिन ।

हिजोसम्म कसैको प्रहारमा आधा घायल थेँ
आजबाट भयो पुरा मैले चिन्नै सकिन ।

लाग्यो एक पल ममाथी आकाश खस्यो
तिमी थिएनौ भएँ टुहुरा मैले चिन्नै सकिन ।

सायद दोस्रो पल्ट मनमा लागे सोचिहेर्नु
म बस्दिन आमा अधुरा मैले चिन्नै सकिन ।

२०७५- मंसिर- २०
ज्योति अनिस्चित ।

No comments:

Post a Comment