Friday, May 26, 2017

गजल भित्रै दोहोरी ।

केटा: ताना वाना बुनि बुनि ए मेरी प्रियतमा ।
लिइछाड्यौँ इति सबै पुर्याइदिएँ सडकमा ।

केटी: यो दिल भयवित हुन्छ मन पोल्छ कहिलेकाँही
मुद्दै परे हार्छौँ होला छैन नि बकसमा ।

केटा: राजनिती गर्छु अङ्कुसे लाउँछु घुस पनि खुवाउँछु
हामीले जित्छौँ तथापी होला सबैतिर आलोचना ।

केटी: यो वृहत डिजाइन तिम्रो र मेरो सफलताको खुशीमा
तिलान्जली दिइयो रगतको नाता रहला सम्झना ।

केटा : चढियो सिँडी पुग्छ ३ पिँडी केहि छैन फिक्री
धर्म छाडेँ, छाडेकै हो पहिले भनिदेउ न समाजमा । 

No comments:

Post a Comment