जीवनदर्शनको एउटा सार हुनुपर्छ।
फरक होला तर मुलधार हुनुपर्छ।
हामी एउटै बाटोमा हिंडेपनी संघी
तिम्रो मेरो फरक विचार हुनुपर्छ ।
निरर्थक बोलेर मात्र हुँदैन हजुर
सत्चरितार्थ व्यबहार हुनुपर्छ ।
तिमी हावामा महल बनाउन खोज्छौ
केमा राख्छौ घरको अधार हुनुपर्छ ।
सदाजस्तै उसलाई नपाएर सोचें
कि लाचार कि त बिमार हुनुपर्छ ।
अरे यार तिमी बैज्ञानिक युगमा छौ
बिरामी भए पनि उपचार हुनुपर्छ ।
गरेको, भनेको भएन भनेर हुदैन
गल्ती भएनि भुलसुधार हुनुपर्छ ।
कसैले भन्नुहुन्थ्यो हामीसँग छदैछैन
हो! परिवर्तनका लागि संस्कार हुनुपर्छ ।
ज्योति खतिवडा ।
२०१७-०१-०१
फरक होला तर मुलधार हुनुपर्छ।
हामी एउटै बाटोमा हिंडेपनी संघी
तिम्रो मेरो फरक विचार हुनुपर्छ ।
निरर्थक बोलेर मात्र हुँदैन हजुर
सत्चरितार्थ व्यबहार हुनुपर्छ ।
तिमी हावामा महल बनाउन खोज्छौ
केमा राख्छौ घरको अधार हुनुपर्छ ।
सदाजस्तै उसलाई नपाएर सोचें
कि लाचार कि त बिमार हुनुपर्छ ।
अरे यार तिमी बैज्ञानिक युगमा छौ
बिरामी भए पनि उपचार हुनुपर्छ ।
गरेको, भनेको भएन भनेर हुदैन
गल्ती भएनि भुलसुधार हुनुपर्छ ।
कसैले भन्नुहुन्थ्यो हामीसँग छदैछैन
हो! परिवर्तनका लागि संस्कार हुनुपर्छ ।
ज्योति खतिवडा ।
२०१७-०१-०१
No comments:
Post a Comment