सजिलै भनिदियौ काज छैन मसँग ।
तिमीसँग लुकाउने राज छैन मसँग ।
आखिर के बाँकी रह्यो र तिमीमा ?
प्रतिउत्तरमा भन्छौ लाज छैन मसँग ।
जसोतसो अब आँफैलाई सम्झाउछु
तिम्रो शिरको अब ताज छैन मसँग ।
तिम्रो प्यास र भोक सार्बजानिक हुँदा
म आँफै लुटिएँ अनाज छैन मसँग ।
बाँकी यात्रा तिम्रो साथ दिन सक्दिन
थाकिसके गोडा जहाज छैन मसँग ।
सायद सम्भब नहोला तैपनी लेर जाउ
तिम्रो यादहरु राख्ने दराज छैन मसँग ।
मुक्त भयौ उड्नु स्वतन्त्र पन्छिजस्तै
भय नराख्नु तिमी बाज छैन मसँग ।
ज्योति अनिश्चित
२०७४-०२-०१
तिमीसँग लुकाउने राज छैन मसँग ।
आखिर के बाँकी रह्यो र तिमीमा ?
प्रतिउत्तरमा भन्छौ लाज छैन मसँग ।
जसोतसो अब आँफैलाई सम्झाउछु
तिम्रो शिरको अब ताज छैन मसँग ।
तिम्रो प्यास र भोक सार्बजानिक हुँदा
म आँफै लुटिएँ अनाज छैन मसँग ।
बाँकी यात्रा तिम्रो साथ दिन सक्दिन
थाकिसके गोडा जहाज छैन मसँग ।
सायद सम्भब नहोला तैपनी लेर जाउ
तिम्रो यादहरु राख्ने दराज छैन मसँग ।
मुक्त भयौ उड्नु स्वतन्त्र पन्छिजस्तै
भय नराख्नु तिमी बाज छैन मसँग ।
ज्योति अनिश्चित
२०७४-०२-०१
No comments:
Post a Comment