Wednesday, May 24, 2017

गुनासो

बेहोशीमा सोचिरहेँ तिमी गुलाब भैदिए ।
स्वंयम दोषी भैरहेँ तिमी खराब भैदिए ।

निर्मल जल मानेर तृष्णा तृप्त गराइदिए
पिलाएशी थाहा भो तिमी सराब भैदिए ।

प्रेम शब्दप्रति नै यति वितृष्णा हुनेथिएन
बोली र चरित्रको तिम्रो प्रभाब भैदिए ।

अब त कामना जिन्दगीमा केबल्
तिमी अनि याद तिम्रो अभाब भैदिए ।

-----------अनिश्चित---------------------
---------२०७४-०२-१० ----------------

No comments:

Post a Comment