Thursday, May 25, 2017

मेरो नजरमा ।

ए....भनी बोलाउने हिम्मत भएन ।
लियौ स्वनिर्णय सोध्ने जरुरत भएन ।

सारै जिद्दी स्वभाव तिम्रो नरिसाउनु
अलिकति पृथक तिम्रो मत भएन ।

धिमा भयो माया आस्था र भरोषा
काडा मुटुभित्र झिक्ने कसरत भएन ।

रित्तिएछ भरोषा रित्तो आफ्नुअपनत्व
तिमीजस्तै व्यहभार खुवशुरत भएन ।

२०७४-०२-११

No comments:

Post a Comment