Wednesday, May 10, 2017

छुट्टयाउन सकिन।

त्यो मनमा माया हो कि सन्देह, छुट्टयाउन सकिन।
मप्रतिको बिस्वास हो कि भय, छुट्टयाउन सकिन ।

कति ढुक्क भइ प्रेमको दौडमा सहभागी भयौं
तर हाम्रो हार भयो कि विजय, छुट्टयाउन सकिन ।

निस्पट्ट अँध्यारो देख्छु सबैतिर आखिरिमा के भयो ?
चक्षुभ्रम भयो कि तिमी नभए, छुट्टयाउन सकिन ।

बिषपान गरेर अमरत्व खै कसरी पाउन सकिन्छ ?
कि मारिदेउ याद कि छ सजाय, छुट्टयाउन सकिन ।

तिम्रो नजरबाट टाढा भए पनि सानु तिमीले
नसम्झिनु कहिल्यै मलाई पराय, छुट्टयाउन सकिन ।

ज्योति अनिश्चित
२०७४-०१-२७

No comments:

Post a Comment