आँखामा कैद छौ तिमीलाई सुनेर राखिदिएँ
हजारौँको भिडमा तिमीलाई चुनेर राखिदिएँ।
धमनी अनि शिराहरुमा बग्न थाल्यौ रक्त बनी
त्यसैले त सानु तिमीलाई मुटुनेर रखिदिएँ।
डर लाग्छ कहिलेकाँही कतै टाढा भयौ भने ?
हृदयको कुनामा तिमीलाई थुनेर राखिदिएँ।
मेरो माया सच्चा छ ,अभाव तिमीलाइ हुनेछैन
माया नै मायाले तिमीलाई बुनेर राखिदिएँ।
हजारौँको भिडमा तिमीलाई चुनेर राखिदिएँ।
धमनी अनि शिराहरुमा बग्न थाल्यौ रक्त बनी
त्यसैले त सानु तिमीलाई मुटुनेर रखिदिएँ।
डर लाग्छ कहिलेकाँही कतै टाढा भयौ भने ?
हृदयको कुनामा तिमीलाई थुनेर राखिदिएँ।
मेरो माया सच्चा छ ,अभाव तिमीलाइ हुनेछैन
माया नै मायाले तिमीलाई बुनेर राखिदिएँ।
No comments:
Post a Comment