Friday, May 26, 2017

पठाइदिन्छु कोसेली

सौगातमा बादल पठाइदिन्छु कोसेली
सारा वायुमण्डल पठाइदिन्छु कोसेली ।

तिम्रा स्पर्शकालागि लालायित यि
चमेली र कमल पठाइदिन्छु कोसेली ।

तिम्रा आवेगले यदि केही जल्छ भने
यतैबाट दमकल पठाइदिन्छु कोसेली ।

तिमी दृढ भएर बस्नु त्यता
हुन्न फेरवदल पठाइदिन्छु कोसेली ।

मेरो बारेमा चिन्ता लिनु पर्दैन प्रिया
खवर पलपल पठाइदिन्छु कोसेली ।

माया नै माया भरिएको तिमीमा
समर्पित गजल पठाइदिन्छु कोसेली ।

ज्योति खतिवडा
२०७३-०८-०९ । 

No comments:

Post a Comment