Friday, May 26, 2017

माया मर्दैन प्रिया

प्रेमको वृक्ष जरैबाट यता ढलाए पनि
कहिले यता कहिले उता सलबलाए पनि ।

अहिले पनि अर्कोतिर नजर फेर्या छैन
अरुकैलागि तिम्रो दिलमा माया पलाए पनि ।

मायालुको माया मिठो मायालुको घातै मिठो
दिलाई चोट फेरि त्यही घाउ चलाए पनि ।

मेरो प्रेम कागजमा मात्र सिमित थिएन
माया मर्दैन प्रिया प्रेमपत्र जलाए पनि । 

No comments:

Post a Comment