Monday, July 20, 2020

बोल्ने लत भएछ।

सम्झिँदा बोलेको तीन दिन मात्र अवगत भएछ।
म्हेफिलको नशाझैँ तिमीसँग बोल्ने लत भएछ।

झट्ट विश्वास लागिहाल्दैन कसैसँग तिमी अपवाद
नारी तिमी ममताकी खानी मेरो अभिमत भएछ।

सानु भएनि मजबुत भयो विश्वासका गाराहरु
पहिले अहङ्कारी लाग्थ्यौ पछि परिणत भएछ।

कोरेको एउटा पत्र दिलभित्र प्रेषण गर्न पाइन
टारिदिएँ पछि  प्रेमभावनाहरु जुन फगत भएछ।

समर्पण
2077-04-05

No comments:

Post a Comment