Wednesday, July 17, 2013

म मेरो देशको भविशय खोज्दैछु ।

कविता हराएको कविहरुमा,
ज्योति हराएको रविहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

राष्ट्रियता हराएको मनहरुमा,
देशभक्ति हराएको तनहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

भात्रित्व हराएको भाइचारहरुमा,
लक्ष्य हराएको अभिभाराहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

मानवता हराएको बस्तीहरुमा,
विगत हराएको अस्तीहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

कौशलता हराएको कुसलहरुमा,
निश्चलता हराएको निश्चलहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

वीरता हराएको वीरहरुमा,
धीरता हराएको धीरहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

दक्षता हराएको दक्षहरुमा,
दिशा हराएको लक्ष्यहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

ज्ञान हराएको ज्ञानीहरुमा,
इमान हराएको इमानीहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

ममता हराएको माताहरुमा,
सेवा हराएको दाताहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

वास्नामा हराएका प्रितहरुमा,
आँफैलाई हराएको जीतहरुमा,
म मेरो देशको भविशय खोज्दैछु ।

No comments:

Post a Comment