Wednesday, September 6, 2017

साहित्य साधना हो

साहित्य साधना हो
सिर्जना भावना हो

कल्पनाको वर्षाहरुमा
स्म्रिती प्रेरणा हो

प्रेम पुजारीहरुको
बन्दना अर्चना हो

प्रक्रिती सहेलीहरुमा
नर्वदा झरना हो

कुसुम करुणाहरु
श्रद्दा अर्पणा हो

स्वप्नकी अप्सराहरु
सदा सर्वदा हो 

Monday, September 4, 2017

Dohori in muktak.

ज्योति :
सुन पुनम तिम्रो यादले सारै नै सतायो
लाखौ मेरा प्रेमरत्न वाणी खै कता हरायो ?
निस्चय पनि लाएको माया भुल्न सक्दिन
तिरस्कारै गर जे गरे पनि मोहनी जगायो

पुनम:
अव्यक्त हुन्छु तपाइको सवाल आएर के भनुँ ?
बुझ्छु तपाईंको मनको हाल लाएर के भनुँ ?
भिन्न छु है भन्दिन ,  मलाई नि बुझ्नु
प्रेमको माला लाएर अवगाल पाएर के भनुँ ?

ज्योति:
बुझेको छु धेरथोर मैले नि अफ्ट्यारो पर्दिन।
आफु जली जलाउँला दिप अध्यारो पार्दिन
कुन सवाल मैले गरेर पैले अव्यक्त भयौ नि
तिम्रो इच्छा तिम्रो खुशी झन गाह्रो पर्दिन

पुनम:
बुझेको छु तपाइको भाव भन्न सक्दिन
तपाईंको माया धेरै नै गन्न सक्दिन
मनमा सन्देह केहि छैन तपाईंको बारेमा
श्रद्धा गर्छु तर प्रेमिका बन्न सक्दिन

ज्योति:
विश्वास नि गर्ने तर माया नहुने किन हो ?
तिम्रो यादमा आशुले परेली धुने किन हो ?
थाहा छैन मलाई सफल हुन्छु कि हुँदिन
प्रेमले मेरो मुटुमा तिम्रो नछुने किन हो ?

पुनम:
मबाट प्रेमको तपाइले चाहना नराख्नु
मनभित्र मप्रति प्रेमको भावना नराख्नु
कसरी भनुँ ,भन्न आफैलाई गाह्रो भो
यादले सताए मेरो कतै सम्झना नराख्नु

ज्योति:
सजिलो होला भन्नलाई अपनत्व गाह्रो
यादले मात्र जिउला बरु महत्व प्यारो
विज्ञानले पनि पारेन फेला औषधी यसको
भुलाउने क्षार,अम्ल कि तत्व भन्नै सारो

पुनम:
नराम्रो अनि तपाइको बारेमा कैले नि सोचिन ।
तपाइलाई त्यस नजरले मैले कैले नि देखिन ।
कृपा गरी मलाई अहिले एक्लै छोडिदिनु न
मलाई आत्मिय सम्झे नि मैले कहिल्यै सम्झिन ।


ज्योति:
मन टुटेको भए जोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।
ओइलीझरेको भए गोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।
तिमीलाई पक्कै केहि कुराले मन दुख्या हुनुपर्छ
विरह फालेर मन मोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।


पुनम:
साँचो भन्नु पर्दा मलाई मायामा विस्वास रहेन ।
म पनि माया गर्थे कसैलाई जुन खास भएन ।
तपाईंको मायालाई सम्मान छ अनि आदर छ
मायामा भय भो अझ मायाको सन्त्रास गएन ।

कारण केहि त थियो ।

उनी खुशी हुनुको कारण केहि त थियो ।
अफसोच मेरो खुसी भने उनीसित थियो ।

हजार प्रत्यत्न गरे सकिन रमाउन एकैछिन
कसरी रमाउनु जब एकतर्फी प्रीत थियो ।

विपनीमा नसही सपनीमा रमाएछु स्वंय
हारेर जहाँ मेरो हारमा उन्को जीत थियो ।

Friday, September 1, 2017

नेत्रपटलबाट गिरफ्तार गरी

नेत्रपटलबाट गिरफ्तार गरी मुटुनेर कैद गरेँ ।
तिमीलाई गुमाउने भयले अनि थुनेर कैद गरें ।

हजारौमा भनेपनि या लाखौमा, तिमी एक हौ
तिनै भिडबाट सानु तिमीलाई चुनेर कैद गरेँ ।

माया गुँरास सँगाली तिम्रो प्रतिक्षामा कुरीबसेँ
मायालाई पनि गुँरास सँगै उनेर कैद गरेँ ।

तिमीलाई प्रत्यक्ष नभेटी भावनात्मक प्रेम भयो
त्यसैले सायद तिम्रोबारेमा सुनेर कैद गरेँ । 

Thursday, August 24, 2017

मेरो लास थियो ।

यता बन्द कोठा भित्र खाटमा मेरो लास थियो ।
अर्को कोठा भित्र उनको हाँसो अट्टहास थियो ।

म मुर्दा तुल्य थिएँ बिडम्बना भन्नु पर्दा
सुन्न सुन्थे सबै कुरा उठ्ने कहाँ सहास थियो ?

मृत्युशैयाबाट फेरी उठी घस्रीएर दलिन नेर
पुगी हेरे पुलुक्क अध्यारो त्यो आकाश थियो ।

भित्र बाहिर अँध्यारो भो ज्योति गुमेसरि भयो
छामी हेरेँ घोप्टिएको विष घडा पास थियो ।

एउटै पुकार गरेँ मैले पुकारेर निलकण्ठ
बाच्ने चाह थिएन जिउँछु कि सन्त्रास थियो ?

Monday, August 21, 2017

दिपशिखा तिमी हौ ।

भावना समेटेर रचिएको कविता तिमी हौ ।
मनभित्र ज्योति छर्ने दिपशिखा तिमी हौ ।

हार्नुपरे बरु स्वंय हारौला तिम्रो जीतमा
कहिल्यै पनि नहार्ने अपराजिता तिमी हौ ।

निस्चलता अनि पवित्रताको प्रतिक तिमी
इसाइमा बाइबल; हिन्दूमा गीता तिमी हौ 

Sunday, August 20, 2017

मेरो बुवालाई पिताऔशीको शुभकामना ।

संसारमा सबैभन्दा कडा मेरो बाउ ।
नाम भानुभक्त खतिवडा मेरो बाउ ।

काट्नेले कुरा काट्दा हुन् पछिबाट
जहाँ जरुरी हुन्छन खडा मेरो बाउ ।

दुइटी आमाको मातृस्नेह पाएको म
अझ पितृस्नेह झन् गढा मेरो बाउ ।

मेरो बुवालाई पिताऔशीको शुभकामना ।

भन कस्तो हुन्छ ?

दुई मुटु जोड्ने कसी भन कस्तो हुन्छ ?
हाम्रो भाग्य लेख्ने मसी भन कस्तो हुन्छ ?
आफु संसार भुली माया तिमीलाई गर्छु
तिमी गर्दिनौ प्रियसी भन कस्तो हुन्छ ?

ज्योति अनिश्चित

Saturday, August 19, 2017

शुभकामनाका बहरहरु ।

अग्लिरहोस् सफलताका शिखरहरु ।
फैलिरहोस् सुवाशका लहरहरु ।

इच्छाएका रहरले पुर्णता पाओस्
रङ्गिरहोस् जिन्दगीका प्रहरहरु ।

आस्था र विस्वाश नडग्मगाओस्
नढलोस् भरोशाका धरोहरहरु ।

ती दुइ आँखि झ्यालहरु बाट
उठिरहोस् तिक्ष्ण ति नजरहरु ।

शब्दपुष्प भन्दा ठुलो अरु के
दिउँ शुभकामनाका बहरहरु ।

Friday, August 18, 2017

सुरुङ्गा नै प्यारो लाग्छ

छु राजधानिमा तरी आएँ सयौं खोली नहरहरु ।
अझ धेरै छन् पुरा गर्नुपर्ने सानाठुला रहरहरु ।

जुन ठाउँमा म जन्मे,  जहाँ खेल्दै हुर्के म
सुरुङ्गा नै प्यारो लाग्छ भन्दा अरु शहरहरु ।

यतै बसी कल्पिरहे कनकाइ बिरिङ्ग उर्लेको
बस्ती नै बगाउने हिजोका कठै ति प्रहरहरु ।

छ बाँकी अब बनाउन भात्किएका संरचना
खडा गर्नुछ अब फेरि आस्ठाका धरोहरहरु ।

Thursday, August 17, 2017

यस्तो लाग्यो ।

लाग्यो तिमी पर्याय हौ धैर्यताको ।
अविचलित सुशोभित सुन्दरताको ।

मोडिएका मेरा हरेको प्रश्नहरुको
जवाफ पाएँ तिमीबाटै सरलताको ।

सायदै तिम्रो ठाउँमा म थिएँ भने
दिन्नथेँ परिचय आफ्नो सालिनताको ।

जजस्लाई भेटेँ आजसम्म जीवनमा
भेटिँन तिम्रै जस्तै दिल उदारताको । 

Tuesday, August 15, 2017

तेरो सबै खुशी हरण हुनेछ ।

तिम्रो कसम आजबाट एउटा प्रण हुनेछ ।
कहिलेकाहीँ तिमीलाई सम्झिने क्षण हुनेछ ।

आज माया मिश्रीत रगत बग्छ मेरो मुटुमा
त्यसैले त हरेक गजलमा समर्पण हुनेछ ।

विज्ञानको भाषामा तीन महिना लाग्छ अरे
त्यसपछी मुटुमा माया शेष र कण हुनेछ ।

चन्द्रमाझैँ उजेली तिमी आँखाअघि उदाउछौ
आजैबाट सायद ती यादहरुमा ग्रहण हुनेछ ।

भावीको छैटौंमा लेखेको पाना फेला पारे
लेखेको रहेछ -तेरो सबै खुशी हरण हुनेछ ।

ज्योति अनिस्चित ।
  

Sunday, August 13, 2017

टाढा हुन्नौ पुनम ।

मनमा माया भरेर टाढा हुन्नौ पुनम ।
बसाइ अन्तै सरेर टाढा हुन्नौ पुनम ।

मैले रोजेको तिमी ,मेरो खुशी तिमी
मसँग कुरै नगरेर टाढा हुन्नौ पुनम ।

तिम्रो निम्ती बरु मुटु रित्याइदिन्थे
स्वयं आफु मरेर टाढा हुन्नौ पुनम ।

प्रेम एउटा बृक्ष हो पलाउँछ नि यदि
प्रेमबिज भए छरेर टाढा हुन्नौ पुनम ।

तिमी सात समुन्द्र पारी छौ भनेपनि
आउ जंघार तरेर टाढा हुन्नौ पुनम ।

ज्योति अनिश्चित ।

Saturday, August 12, 2017

तिमी भएर ।

निर्बेग प्रतिक्षामा वहनुहुन्छ ,म के भनुँ ?
कति विघ्न वाधा सहनुहुन्छ ,म के भनुँ ?

तपाईंजस्तै खुलेर भन्न मन थियो मेरो
सक्दिन; कसरी कहनुहुन्छ ,म के भनुँ ?

मेरो मनमा श्रद्धा आस्था छ तपाईंप्रति
माया छैन कसरी रहनुहुन्छ ,म के भनुँ ?

तपाइको चाह यदी म भए पुरा हुँदै हुन्न
पुरै नहुने चाह किन चाहनुहुन्छ ,म के भनुँ ?

थाहा छ तपाईंलाई नि म अरुलाई चाहन्छु
फेरि पनि किन सम्झनुहुन्छ , म के भनुँ ?

Friday, August 11, 2017

रुपै मिठो रङ्गै मिठो ।

मन परेको बस्तुको रुपै मिठो रङ्गै मिठो ।
तिमी मन परेपछी तिम्रो बोली ढङ्गै मिठो ।

कल्पनामा यो मन जता उडि गए पनि
नहुँदामा तिम्रो याद हुँदा तिमी सङ्गै मिठो ।

मनका सारा पीरहरु थाती राखी एकैछिन
तिमीसँगको कुराकानी अनि उमङ्गै मिठो ।

आखिर के फरक छ र मन र मैदानमा
पक्ष र विपक्षीको वार्ता मिठो जङ्गै मिठो ।


Wednesday, August 9, 2017

तिमीसँग नबोलेरै

तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

फुल फुले पछी यहाँ; सुवाश कहाँ छेकिन्छ र ?
मन मिले पछी यहाँ ; जात कहाँ देखिन्छ र ?

हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।
तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।

आफ्नु ठान्नु तिमीलाई मेरो यहाँ भुल भयो
तिम्रो छेवै पर्दिन भो अब मेरो कबुल भयो ।

पाथिभरा कन्यामको संगमबाट टाढा हुँला।
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

एउटा बिन्ती प्यारी तिमी उसको चित्त नदुखाउनु
सम्भव भए अन्तिम पटक तिमी मलाई भेट्न आउनु

तिम्रो दिलमा केछ भनी दोमन बाट टाढा हुँला।
हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।

Tuesday, August 8, 2017

स्वार्थ हो ।

तिमीलाई आफ्नो भन्ने चाहाना नै स्वार्थ हो ।
तिमीलाई मुटु ठान्ने भावना नै स्वार्थ हो ।
तिमीसँग एकतर्फी नै सही प्रेम भएको हो
तिमीलाई नै प्रेम मान्ने सपना नै स्वार्थ हो ।

Saturday, August 5, 2017

उदाङ्ग थिएँ म

उदाङ्ग थिएँ म, न मुहारमा नकाव थियो ।
म माया लाउछु, न तिमीलाई दवाव थियो ।

तिमीसँग भयो परिचय अति आत्मिय लाग्यौ
तिम्रो सालिनताले फिदा त्यसकै प्रभाव थियो ।

मनले मनको साथ खोज्यो अनि प्रेम भयो
प्रेमको प्रतिक हत्केलामा रातो गुलाव थियो ।

माया लाउनु भुल भए,  स्विकार्य छ मलाई
पशुपतिलाई भाकी कसम अनि प्रस्ताव थियो ।

आजकल गजलसायरी खुब आउँछ भावना
म विश्वस्त छु कि त्यसमा तिम्रो लगाव थियो ।

मेरो माया किन सस्तो प्रस्ताव अस्विकृत भयो
भन सानु कि म स्वंय कि माया अफाव थियो ?

थियौ सारा खुशी अनि उमाङ्गको खानी तिमी
एउटै खुशी बाँकी रह्यो त्यो पनि सराव थियो ।

ममताकी खानी तिमी ।

प्रियसीप्यारी तिमी आँखाकी नानी तिमी ।
हाम्रो प्रेमदरबारमा राजा म रानी तिमी ।

मेरो मनको उद्यानमा बस्ने तिमी किन्नरी
सरलताको पर्याय ममताकी खानी तिमी ।

सावा अक्षर प्रेमलिपीको सिकाउने माया
दैनिक जिवन सुरुहुने नयाँ विहानी तिमी ।

आस्थाकी प्रतिमुर्ती पुर्णिमाकी चन्द्र तिमी
सालिनतामा नीलो सागरकी पानी तिमी ।

केवल बहाना भयो ।

अवचेतन मनको पुनम तब चेतना भयो ।
जब तिम्रो ठाउँमा बसे अनि सम्झना भयो ।

म मेरो दिललाई आफ्नै बसमा राख्नेछु
तिमीसँग नबोल्नु  नि ठुलो बेदना भयो

तिम्रो गाह्रो समयमा मेरो साथ चाहायौ
साथ नदिइ परिक्षा त केवल बहाना भयो ।

अब तेस्तो हुने छैन असल साथी हुनेछु
मानौ को अघिसम्मका कुरा सपना भयो ।

तिमीलाई साथ दिदै हौसला र भरोशा
तिम्रो उज्वल भविश्यको अनि कामना भयो