Monday, March 12, 2018

सुशील बुहारीको चाहना

रुप र यौवनको चाहना नजरको हुन्छ ।
मिठो र गहकिलो कुरा अधरको हुन्छ ।

समिनामा केहि खास त अवश्य हुनुपर्छ
र त तिमीसँगै जिउने चाह रहरको हुन्छ ।

तिम्रो बारे सुने पछी लाग्यो तिमीजस्तै
सुशील बुहारीको चाहना घरको हुन्छ ।

तिम्रो व्यक्त्तिवदेखी प्रवावित भएर हेर
हराभरा भैदिने इच्छा बन्जरको हुन्छ ।

सम्झनाका तरेलीहरु जसरी बगिदिन्छन्
बगाइदिने पानी सायद नहरको हुन्छ ।

तिमी यसै आत्मिय लाग्यौ थाहा छैन किन ?
न कोही थियो तिमीजस्तो न अर्को हुन्छ । 

No comments:

Post a Comment