Saturday, March 31, 2018

तिम्रो माया लुकाएँ भने ?

सक्दिन म लुकाउन केवल तिम्रो माया लुकाएँ भने ?
न्यानो मायाको पोको सानु तिम्रोलागि फुकाएँ भने ?

जुनीभरी तिम्रो साथ छोड्दिन म तिमी मेरी हुनुपर्छ
सारा तिम्रा चाहनाहरु पुरा गर्दिन्छु भनि चुकाएँ भने ?

पस्केर माया मुटुबाट तिम्रो खातिर मुटु नै रित्याएर
कोरेर सचित्र तिमीलाई मुटुमा तिम्रो मन दुखाएँ भने ?

टाढा हुन्छु कि समिपमै राख्छौ मलाई कृपया भनिदेउ
म तिमीलाई प्यार गर्छु सानु भन्न हिम्मत जुटाएँ भने ?

रचना ज्योति अनिश्चित । 

No comments:

Post a Comment