Tuesday, April 3, 2018

अन्तिम हुन सक्छ ।

थाहा छैन भोलीको बिहानी अन्तिम हुन सक्छ ।
तिमीसँगको मेरो चिनजानी अन्तिम हुन सक्छ ।

मेरो भारी टाउकोको भार हर रात बोक्ने गर्छ
नबोके नि हुन्छ अब सिरानी अन्तिम हुन सक्छ ।

के दियौ मलाई माया खुशी घृणा सम्मान या प्रेम
सायद मलाई तिम्रो निसानी अन्तिम हुन सक्छ ।

घामजुन अस्ताए नि उदाउँछ्न अर्को प्रहरमा
म उदाउन्न मेरो यो कहानी अन्तिम हुन सक्छ ।

तिमी हैनौ पहिलो मेरो अन्तिममा शंका छैन
भनि दिन सक्थें किटानी अन्तिम हुन सक्छ ।

ज्योति अनिश्चित । 

No comments:

Post a Comment