Tuesday, April 17, 2018

केही हेरिदैन मायामा ।

रुप रङ्ग उमेर केही हेरिदैन मायामा ।
झुकाव थोर धेर केही हेरिदैन मायामा ।

जोसँग हिड्दा सुरक्षित अनुभव हो माया
न छिटो न अवेर केही हेरिदैन मायामा ।

तिमीले प्रेम गर्यौ होला पहिले कसैसँग
अब फेरी फर्केर केही हेरिदैन मायामा ।

मनले हेरेर आँखाले कैद गरिसकेपछि
दुँनियाले नचाहेर केही हेरिदैन मायामा ।

ज्योति अनिस्चित ।

No comments:

Post a Comment