Friday, April 6, 2018

भुल भयो ।

तिमीलाई आफ्नु मुटु दिनु भुल भयो ।
बोकेर प्रेमको त्यन्द्रो झिनु भुल भयो ।

म पछीका हजारौं हेरेर हासेकी रैछौ
मेरै लागि हो भनि मस्किनु भुल भयो ।

जसोतसो विपनामा आफैलाई सम्झाउँथे
सपनामा तिमीलाई कल्पिनु भुल भयो ।

तिमीले महत्वकांक्षाको इटहरु थप्दै गर्दा
मेरो सानो झुपडी भात्किनु भुल भयो ।

यी हजारौ मनहरुमा तिमीलाई रोजेपछि
तिमी आफ्नै हौ भनि सम्झिनु भुल भयो ।

वैशमा तिम्रा सहयोगी हातहरु धेरै रैछन्
म छु भनी तिम्रो छेउमा उभिनु भुल भयो ।

म तरेली परेर खोलीछेउमा तिमी बगिगयौ
नियतीको दोष म त्यही अडिनु भुल भयो ।

ज्योति खतिवडा अनिश्चित ।
२०७४-१२-२३ 

No comments:

Post a Comment