Friday, April 6, 2018

दोष थियो ।

पिएर आएँ, मेरो हैन मौसमको दोष थियो ।
पिलायो साथीले पिएँ सङ्गमको दोष थियो ।

अनायासै सम्झाइदिए छोडी जाने निठुरीलाई
उनलाई देखेँ प्यालामा अनुपमको दोष थियो ।

आँखाअघि उनकै तस्विर झलझली यादमा
एकैसाथ पिइदिए पानी कमको दोष थियो ।

पुराना ती अतीत सम्झे खाटाहरु उक्के सारा
वेहोशीमै फेरि पिएँ पीडागमको दोष थियो ।

म कहाँ नशामा हुन्थे चियाकफी पिएको भए
त्यसैले त मेरो हैन खुकुरी रमको दोष थियो ।

ज्योति अनिस्चित ।
२०७४-१२-२१ 

No comments:

Post a Comment